Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दीपककुमार कार्की कामु प्रधानन्यायाधीश

दीपककुमार कार्की कामु प्रधानन्यायाधीश

  • आइतवार, फाल्गुण १ २०७८

  • 1.1K
    SHARES

  • दीपककुमार कार्की कामु प्रधानन्यायाधीश

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका छन्। त्यससँगै अब दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन्। कार्की राणापछिका वरिष्ठतम् न्यायाधीश हुन्।

    नेपालको संविधानको धारा १०१ (६) मा महाभियोग प्रस्ताव दर्ता भएपछि त्यसको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने उल्लेख छ।

    आइतबार(आज) सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

    महाभियोग प्रस्तावमा महाभियोग लगाउनुपर्ने २१ वटा कारण र आधारहरु प्रस्तुत गरिएको छ। जसमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।

    यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको लगायतका विषय महाभियोग प्रस्तावमा उल्लेख छ।


    आइतवार, फाल्गुण १ २०७८०२:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij