Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जबाराविरुद्धको महाभियोग स्थानीय चुनाव नगराउने षड्यन्त्र : ओली

जबाराविरुद्धको महाभियोग स्थानीय चुनाव नगराउने षड्यन्त्र : ओली

  • सोमवार, फाल्गुण २ २०७८

  • 829
    SHARES

  • जबाराविरुद्धको महाभियोग स्थानीय चुनाव नगराउने षड्यन्त्र : ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणामाथिको अकस्मातको महाभियोग चुनाव नगराउने षडयन्त्र भएको टिप्पणी गरेका छन् ।

    सोमबार(आज) नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचन नगराउने यस अघिका प्रयासहरु विफल भए त्यसपछि अर्को अस्त्र प्रहार गरिएको टिप्पणी गरेका हुन् ।

    सरकारले राम्रै नियतले अदालतको बेथिति अन्त्यका लागि महाभियोग ल्याएको भए प्रतिपक्षी दलहरुसँग छलफल गर्ने उनले बताए ।

    यसअघि स्थानीय तहको निर्वाचन सार्नका लागि सर्वोच्चमा रिट परेको भए पनि त्यो दरपीठ गरेको उल्लेख गर्दै ओलीले सत्ता गठबन्धनले चुनाव सार्नका लागि अर्को तरिका अपनाएको आरोप लगाए ।

    एमाले संसदीय दलको बैठकमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् । सांसदहरुले धारणा राखिसकेपछि त्यसकै आधारमा स्थायी कमिटीले निर्णय गर्नेछ ।


    सोमवार, फाल्गुण २ २०७८०१:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij