Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सभामुखद्धारा कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान

सभामुखद्धारा कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 859
    SHARES

  • सभामुखद्धारा कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान

    काठमाडौं – सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

    बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो । एमसीसीमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा यसअघि पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुदै आएको थियो ।

    मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका थिए ।


    मंगलवार, फाल्गुण ३ २०७८०५:४७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij