Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फागुन ६ गते सहमति जुटाएर एमसीसी टेबुल गर्छौं : कानुनमन्त्री बडु

फागुन ६ गते सहमति जुटाएर एमसीसी टेबुल गर्छौं : कानुनमन्त्री बडु

  • बुधवार, फाल्गुण ४ २०७८

  • 628
    SHARES

  • फागुन ६ गते सहमति जुटाएर एमसीसी टेबुल गर्छौं : कानुनमन्त्री बडु

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गर्नेे बताएका छन् ।

    बुधबार(आज) प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबीच थप छलफल आवश्यक परेकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने बताएका हुन् ।

    ‘छलफलका लागि केही समय चाहिन्छ भन्ने भएपछि दुई दिनको समय अरु दियौं । आज र भोलि थप छलफल गरी सहमति जुटाएर ६ गतेको बैठकमा एमसीसी टेबल गर्ने छौं ,’ उनले भने ।

    आजसम्म नजुटेको सहमति अब दुई दिनमा जुट्छ भन्ने के ग्यारेन्टी छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री बडुले भने, ‘हुनसक्छ । कहिलेकाहीँ एकै रातमा सहमति हुन्छ ।’

    उनले अघि भने, ‘६ गते टेबुल गर्ने सहमति बनाउँदैछौं । त्यसका निम्ति आज र भोलिको दिनको प्रतीक्षा गरौं ।’

    एमसीसी टेबल गर्ने विषय अब पर्खिनु नसकिने उनको भनाइ छ । मन्त्री बडूले भने, ‘एमसीसीलाई धेरै पर्खिनुहुँदैन । यो संसदमा प्रवेश गर्नुपर्छ । संसदमा टेबल हुनुपर्छ । संसदमा छलफल हुनुपर्छ । हामी टेबल गर्ने निर्णयमा पुगिसकेका छौं ।’

    सडकमा भइरहेको बहसलाई टुंग्याउन संसदमा एमसीसी टेबल गर्नुपर्ने उनले बताए । उनले भने, ‘सडकको बहसले यसको टुंगो लगाउन सक्दैन । त्यसैले यसलाई टुंग्याउ भन्ने हाम्रो पार्टीको र सरकारको प्रस्ताव हो । एमसीसीलाई संसदमा टेबल गराउने हाम्रो उदेश्य हो ।’

    आजको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच नै सहमति नजुटेपछि पेश हुन सकेन ।


    बुधवार, फाल्गुण ४ २०७८०२:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij