Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या: झन्डै एक हजार पाँच सय नजिक

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या: झन्डै एक हजार पाँच सय नजिक

  • बिहिवार, आषाढ १८ २०७७

  • 875
    SHARES

  • कर्णाली प्रदेशमा  कोरोना सङ्क्रमितको सङ्ख्या:  झन्डै एक हजार पाँच सय नजिक

    सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय नजिक पुगेको छ । बिहीबार थप छ जनामा कोरोना सङ्क्रमण देखिएसँगै यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४७४ पुगेको हो ।

    सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिको परीक्षणमा सुर्खेतका तीन र स्याङ्जा घर भई हाल सुर्खेतमा रहेका एक जना तथा दैलेखका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा कालीकोटका एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

    यस्तै कर्णाली प्रदेशमा निको हुनेको सङ्ख्या एक हजार १२७ पुगेको छ । बिहीबार मात्रै ४९ जना निको भएका हुन् । निको हुने सबै सुर्खेतका हुन् । अहिलेसम्म कर्णालीमा कोरोनाका कारण छ जनाको मृत्यु भइसकेको छ ।


    बिहिवार, आषाढ १८ २०७७०४:०५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij