Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेटः विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

कोरोना अपडेटः विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

  • सोमवार, श्रावण २६ २०७७

  • 703
    SHARES

  • कोरोना अपडेटः विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

    काठमाडौँ ।   विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।

    कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ। सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

    विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

    चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। रासस/एएफपी


    सोमवार, श्रावण २६ २०७७०२:५८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij