Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेताहरु आन्तरिक छलफलमा, ओलीसँग आजै निर्णायक वार्ता गर्ने तयारी

काँग्रेस नेताहरु आन्तरिक छलफलमा, ओलीसँग आजै निर्णायक वार्ता गर्ने तयारी

  • शनिवार, फाल्गुण १४ २०७८

  • 1.1K
    SHARES

  • काँग्रेस नेताहरु आन्तरिक छलफलमा, ओलीसँग आजै निर्णायक वार्ता गर्ने तयारी

    काठमाडौँ । नेपाली काँग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा काँग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।

    प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् । आजै ३ बजे काँग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा निर्णायक वार्ता गर्न बालकोट जाने कार्यक्रम रहेको छ ।

    एमसिसीका कारण सत्तारूढ दलहरूबीच मतभेद बढेको छ । सत्तारूढ पाँच दलमध्ये नेपाली कांग्रेस हालकै अवस्थामा एमसिसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तारूढ अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।

    भट्टराईको पार्टी जनता समाजवादी पनि एमसिसीलाई लिएर विभाजित छ । भट्टराई पक्षधर नेताहरू एमसिसी हालकै अवस्थामा अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरू संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् ।


    शनिवार, फाल्गुण १४ २०७८०१:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij