Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कर्णालीमा एमालेको निर्वाचन लक्षित प्रशिक्षण सुरु

कर्णालीमा एमालेको निर्वाचन लक्षित प्रशिक्षण सुरु

  • शनिवार, फाल्गुण १४ २०७८

  • 849
    SHARES

  • कर्णालीमा एमालेको निर्वाचन लक्षित प्रशिक्षण सुरु

    काठमाडौं । स्थानीय तहलाई लक्षित गरी कर्णालीमा नेकपा एमालेले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

    प्रदेश राजधानी वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा सुरु भएको कार्यक्रमको उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटन गरे ।

    भेलामा दुई सय जना भन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

    उनका अनुसार प्रशिक्षण कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरू, कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टीको स्थानीय तह कमिटीका अध्यक्षहरु सहभागी छन् ।

    प्रशिक्षण कार्यक्रमका लागि एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्य गोरख बोगटी, युवा नेता विष्णु रिजाल, निरज आचार्य सुर्खेत पुगेका छन् ।


    शनिवार, फाल्गुण १४ २०७८०३:२६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij