Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय, चार नेताको असहमति

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय, चार नेताको असहमति

  • आइतवार, फाल्गुण १५ २०७८

  • 919
    SHARES

  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय, चार  नेताको असहमति

    काठमाडौं। नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
    आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिनुभयो।

    प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

    व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी नेकपा (माओवादी) केन्द्रका चार नेताले असहमति जनाएका छन् ।

    यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो ।

    नेता लीलामणि पोखरेलले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए । ‘व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन भनेर मैले पार्टी बैठकमा पनि प्रतिवाद गरेँ, म लगायत अन्य साथीहरूले पनि साथ दिनुभयो’, उनले भने, ‘यसले देश र जनताको भावनाको प्रतिनिधित्व गर्दैन । यसले देशलाई नोक्सान मात्रै हुन्छ ।’

     


    आइतवार, फाल्गुण १५ २०७८१०:५३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij