Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युक्रेन–रुस तनाव : किभस्थित टेलिभिजन टावरमा हमला

युक्रेन–रुस तनाव : किभस्थित टेलिभिजन टावरमा हमला

  • बुधवार, फाल्गुण १८ २०७८

  • 1.1K
    SHARES

  • युक्रेन–रुस तनाव : किभस्थित टेलिभिजन टावरमा हमला

    एजेन्सी । रुसी फौजले युक्रेनका राजधानी किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला गरेको छ । आक्रमणपछि टेलिभिजन च्यानलहरु बन्द भएका छन् । यस्तै, रुसी सेनाले होलोकास्ट स्मारकमा पनि बमबारी गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको र कही व्यक्ति घाइते भएका छन् ।

    किभमै एउटा सर्वसाधारण घरमा पनि रुसी सेनाले हानेको बम खसेको र घर धनी मारिएको जनाइएको छ । राजधानी किभ कब्जामा लिने कोसिश गरिरहेको रुसी सेनाले युक्रेनी सेना र नागरिक लडाकुबाट कडा प्रतिरोधको सामना पनि गरिरहेको छ ।

    रुसले सरकारी कार्यालयहरु नजिक घर भएका सर्वसाधारणलाई घर छाडेर जान भनेको छ भने लगातार खतराको संकेत स्वरुप साइरन पनि बजाउने गरेको छ । यता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको मूख्य निशानामा आफू र राजधानी भएको भन्दै राजधानी किभलाई कुनै पनि हालतमा रुसको कब्जामा जान नदिने बताएका छन् ।

    यसैबीच, अमेरिकाले रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश रोक लगाएको छ । आज बिहान सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्ध प्रतिबन्ध घोषणा गरेका हुन् । बाइडेनले रुसबाट आउने सबै निजी तथा व्यावसायिक विमान प्रवेशमा रोक लगाइने बताएका हुन् ।

    यसअघि नै युरापेली मुलुक र क्यानडाले पनि यस्तै किसिमको प्रतिबन्धको घोषणा गरिसकेका छन् । बाइडेनले यस किसिमको प्रतिबन्धले रुसलाई थप एक्लो बनाउने र उसको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने उल्लेख गरेका छन् ।

    रुसको मुद्रा रुबेल ३० प्रतिशत र शेयर बजार ४० प्रतिशतले घटिसकेको उल्लेख गर्दै बाइडेनले रुस ठूलो आर्थिक संकटतर्फ गइरहेको दाबी गरेका छन् ।


    बुधवार, फाल्गुण १८ २०७८०७:३७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij