Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगरौं : देउवा

चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगरौं : देउवा

  • मंगलवार, फाल्गुण २४ २०७८

  • 1.2K
    SHARES

  • चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगरौं : देउवा

    काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।

    मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् ।

    ‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनु होला’ सभापति देउवाको भनाइ उधृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

    कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

    उक्त अभियानको अन्तिम तयारीका लागि शीर्ष नेता सहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा केही केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा आफुहरुलाई समावेश नगरिएको भन्दै शीर्ष नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

    यज्ञराज जोशी, नानु बाँस्तोला, रमा पौडेल, सरिता प्रसाईं, गोविन्द भट्टराई लगायतले चुनावी प्रचारमा पार्टीले गर्नुपर्ने कमबारे धारणा राखेका छन् ।


    मंगलवार, फाल्गुण २४ २०७८०२:१९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij