Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीलाई कांग्रेसको जवाफ– हरियो रङमा आपत्ति भयो भने त सारा वनजंगल फाँड्नुपर्ने हुन्छ !

ओलीलाई कांग्रेसको जवाफ– हरियो रङमा आपत्ति भयो भने त सारा वनजंगल फाँड्नुपर्ने हुन्छ !

  • बुधवार, फाल्गुण २५ २०७८

  • 1.1K
    SHARES

  • ओलीलाई कांग्रेसको जवाफ– हरियो रङमा आपत्ति भयो भने त सारा वनजंगल फाँड्नुपर्ने हुन्छ !

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरियो रङमा आपत्ति जनाएकोप्रति आश्चार्य प्रकट गरेको छ ।

    निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राख्न लागेको विषयमा आपत्ति जनाउँदै ओलीले ‘कांग्रेसको रुखको रङ हरियो हुन्छ भन्दैमा मतपत्रमा हरियो रङ राख्न नहुने’ बताएका थिए ।

    कांग्रेसले स्थानीय तह निर्वाचनकेन्द्रित पहिलो चरणको अभियान घोषणाका लागि बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीको टिप्पणीको जवाफ फर्काएको हो । ओलीको टिप्पणीले कांग्रेस बहुमतमा आउँदै छ भन्ने संकेत गरेको भन्दै जनताबाट प्राप्त हुने मतबाट नआत्तिन आग्रह गरिएको छ ।

    “हरियो रङमा नै आपत्ति हुने हो भने त नेपालको सारा वनजंगल नै फाँड्नुपर्ने हुन्छ,” कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले भने, “ओलीको अभिव्यक्तिले कांग्रेस बहुमतमा आउँदैछ भन्ने संकेत गरेको छ ।”

    उनले जनताबाट प्राप्त हुने मतका लागि कसैले पनि आत्तिने वा मात्तिने काम गर्न नहुनेमा जोड दिए ।


    बुधवार, फाल्गुण २५ २०७८०५:१२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij