Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगको प्रष्टीकरण : गणना सजिलो बनाउन चुनाव चिह्नको रङ हरियो रोज्यौं

निर्वाचन आयोगको प्रष्टीकरण : गणना सजिलो बनाउन चुनाव चिह्नको रङ हरियो रोज्यौं

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 919
    SHARES

  • निर्वाचन आयोगको प्रष्टीकरण : गणना सजिलो बनाउन चुनाव चिह्नको रङ हरियो रोज्यौं

    काठमाडौं । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ ।

    बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताए ।

    नेपालमा निर्वाचनमा चुनाव चिह्नमा संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ । २०७४ सालको निर्वाचनमा चुनाव चिह्न पनि नीलो रङको थियो । चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाइएपछि ३० वैशाखको स्थानीय निर्वाचनमा रङ भिन्नता गर्न खोजेको अर्यालले बताए ।

    ‘कलर कन्ट्रयास्ट अर्थात् रङमा भिन्नताको कारणले मात्र यो निर्णय गरिएको हो’ उनले भने, ‘गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको हो । यदि कसैलाई द्विविधा छ भने प्रष्ट पार्न आयोग तत्पर छ ।’


    बिहिवार, फाल्गुण २६ २०७८०५:१४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij