Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुई वर्षदेखि रोकिएको कोरियन भाषा परीक्षा आवेदन चैत १४ देखि खुल्ने

दुई वर्षदेखि रोकिएको कोरियन भाषा परीक्षा आवेदन चैत १४ देखि खुल्ने

  • सोमवार, फाल्गुण ३० २०७८

  • 987
    SHARES

  • दुई वर्षदेखि रोकिएको कोरियन भाषा परीक्षा आवेदन चैत १४ देखि खुल्ने

    काठमाडौँँ । दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ ।

    आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ । eoers.epsnepal.gov.np मा गएर अनलाइन आवेदन भर्न सकिन्छ । योग्यता पुगेका एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आनवेदन भर्न पाउँछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका व्यक्तिले फारम भर्न पाउने शाखाले जनाएको छ ।

    परीक्षा काठमाडौंमा नै हुनेछ । कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाख (२०७९)देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा परीक्षा भएको छ ।

    उत्पादनमुलक क्षेत्रमा जान आवेदन भर्नेहरुले २० असारदेखि १० भदौसम्म पहिलो चरणमा १६ भदौदेखि २१ असोजसम्म दोस्रो चरणमा परीक्षा हुनेछ ।

    भाषा परीक्षा पास भएकाहरु सीप परीक्षणमा सहभागी हुनेछन् । कृषि तथा पशुपालनतर्फका आवेदकको सीप परीक्षण २६वैशाख देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६असारसम्म दोस्रो चरणमा हुनेछ ।

    उत्पादनमुलक क्षेत्रका आवेदकहरुले सीप परीक्षणको २० असारदेखि १० भदौसम्म र दोस्रो चरणमा १६ भदौदेखि २१ असोजसम्म सञ्चालन हुनेछ ।

    ईपीएस कोरिया शाखाका अनुसार करिब ९ हजार ६५४ जना भाषा परीक्षामा पास हुनेछन् । यसका लागि उत्पादनमुलतर्फ ६ हजार ९१३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७४१ जना उत्तीर्ण हुनेछन् ।

    दक्षिण कोरियाले नेपालसहित १६ देशबाट ईपीएसअन्तर्गत रहेर श्रमिक आयात गर्दै आएको छ। अन्य देशको तुलनामा नेपाली श्रमिक मेहनती र इमानदी हुने भन्दै पहिलो प्राथमिकतामा राखेको देखिन्छ।

    नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत डेढ लाखको हाराहारीमा प्रशिक्षार्थी श्रमिक कोरिया गइसकेका छन्। आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको सङ्ख्या बर्सेनि बढ्दो छ।


    सोमवार, फाल्गुण ३० २०७८०१:०३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij