Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा साउदी विदेशमन्त्रीको राजनीतिक भेटघाट

काठमाडौंमा साउदी विदेशमन्त्रीको राजनीतिक भेटघाट

  • मंगलवार, चैत्र १ २०७८

  • 626
    SHARES

  • काठमाडौंमा साउदी विदेशमन्त्रीको राजनीतिक भेटघाट

    काठमाडौं – नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

    नेपालको औपचारिक भ्रमणमा आएका विदेशमन्त्री साउदले आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

    साथै आजै विदेशमन्त्री साउद र परराष्ट्रमन्त्री नारायण खड्कासँग द्विपक्षीय वार्ता भएको थियो। नेपाल र साउदी अरबबीच जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षरसमेत भएको छ।

    यो सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकूदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ।

    साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् ।

    मन्त्री खड्काले साउदसहित साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्दैछन्।

    आजै विदेश मन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

    विदेशमन्त्री साउद सोमबार काठमाडौं आएका थिए। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।


    मंगलवार, चैत्र १ २०७८०३:२०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij