Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ, माओवादीलाई हैसियत अनुसार भाग चाहिन्छ : प्रचण्ड

मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ, माओवादीलाई हैसियत अनुसार भाग चाहिन्छ : प्रचण्ड

  • मंगलवार, चैत्र ८ २०७८

  • 671
    SHARES

  • मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ, माओवादीलाई हैसियत अनुसार भाग चाहिन्छ :  प्रचण्ड

    काठमाडौं । सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै मन्त्रिपरिषद्मा हेरफेर हुने तयारी भइरहेको बताएका छन् । उनले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरषद्मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको जानकारी दिएका हुन् ।

    मधेस प्रदेशमा मंगलबार(आज) आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले भने, ’मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ । औपचारिक रूपमा कुरा टुंगिएको छैन । केही हेरफेर हुने कुरा भएको छ । नयाँ मन्त्री आउने सम्भावना छ ।’

    मन्त्रिपरिषद्मा हेरफेर हुँदा पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि प्रचण्डले बताए । उनले पार्टीले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि बताए ।

    प्रचण्डले गठबन्धनका लागि त्याग गर्ने काम माओवादीले मात्रै गरेको पनि बताए । ’मन्त्रिपरिषद्मा हेरफपेर हुने स्थिति आयो भने हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेका छौं,’ उनले भने ।


    मंगलवार, चैत्र ८ २०७८१२:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij