Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तीनै तहको चुनावमा गठबन्धन गर्दै दलहरूलाई उचित स्थान दिइन्छ : प्रधानमन्त्री देउवा

तीनै तहको चुनावमा गठबन्धन गर्दै दलहरूलाई उचित स्थान दिइन्छ : प्रधानमन्त्री देउवा

  • बिहिवार, चैत्र १० २०७८

  • 544
    SHARES

  • तीनै तहको चुनावमा गठबन्धन गर्दै दलहरूलाई उचित स्थान दिइन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा दलहरूबीच तालमेल हुने बताएका छन्।

    सत्तारूढ गठबन्धनका दलहरूबीच नै चुनावी तालमेल हुने देउवाको भनाइ छ। पाँच दलीय गठबन्धनलाई चुनावसम्मै बचाएर लैजानुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाले बताए।

    ‘स्थानीय चुनावमा मात्र नभई प्रदेश र प्रतिनिधि सभा चुनावसम्म नै गठबन्धनलाई लैजानुपर्छ। उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ,’ तनहुँ कांग्रेसले दमौलीमा गरेको कार्यक्रममा आज प्रधानमन्त्री देउवाले भने, ‘लोकतन्त्र बचाउन गठबन्धनका दलले योगदान गरेका छन्।’

    उनले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा कांग्रेसलाई जिताउन पार्टी एकढिक्का भएर लाग्नुपर्नेमा पनि जोड दिएका थिए।


    बिहिवार, चैत्र १० २०७८०४:११:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij