Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देउवा र मोदीद्वारा नेपाल रेल सेवाको संयुक्त रुपमा उद्घाटन

देउवा र मोदीद्वारा नेपाल रेल सेवाको संयुक्त रुपमा उद्घाटन

  • शनिवार, चैत्र १९ २०७८

  • 700
    SHARES

  • देउवा र मोदीद्वारा नेपाल रेल सेवाको संयुक्त रुपमा उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणका क्रममा जयनगर-कुर्दा रेलमार्गको भर्चुअल उद्घाटन भएको छ।

    देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा बटम थिचेर रेल सेवाको उद्घाटन गरेका हुन्।

    कम्पनीले रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको छ । जयनगरमा प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो । दुबै देशका प्रधानमन्त्रीले छुट्टाछुट्टै हरियो झन्डा देखाएसँगै जयनगरबाट कुर्थातर्फ रेल अघि बढेको छ।

    प्रत्येक स्टेशनमा बालबालिका तथा छात्रछात्राले नेपाल–भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन् । यस्तै हल्ट स्टेसनमा स्वागत तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । स्वागतका लागि बसेकालाई समेत सो रेलमा चढाएर कुर्थासम्म लगिनेछ ।

    कुर्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसमेत रेलमा चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम हुने कार्यतालिका रहेको छ । गत फागुन १ देखि नै जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रु बिनाको) रेल दैनिक एक पटक सञ्चालन हुँदै आएको थियो ।


    शनिवार, चैत्र १९ २०७८०१:१८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij