Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल बारको निर्वाचन : अध्यक्षमा घिमिरे र महासचिवमा खनाल विजयी

नेपाल बारको निर्वाचन : अध्यक्षमा घिमिरे र महासचिवमा खनाल विजयी

  • शुक्रवार, चैत्र २५ २०७८

  • 864
    SHARES

  • नेपाल बारको निर्वाचन : अध्यक्षमा घिमिरे र महासचिवमा खनाल विजयी

    काठमाडौँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारुढ गठबन्धननिकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ ।

    बारको अध्यक्षमा गठबन्धनका दलहरुसमर्थित कानुन व्यवसायीको तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे ४ हजार ४७४ मत ल्याउँदै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेनिकट कानुन व्यवसायी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याउनुभयो ।

    महासचिवमा गठबन्धन समर्थित कानुन व्यवसायीकै उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याउनुभयो ।

    उपाध्यक्षमा गठबन्धनका दलहरुनिकट कानुन व्यवसायी सुरज सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् ।

    कोषाध्यक्षमा भरत रावत विजयी हुनुभएको छ । यस्तै सदस्यहरु (समावेशी)मा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा विजयी भए। खुला सदस्यहरुमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी भए ।

    कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि गत शनिबार मतदान भएको थियो । मतगणना भने आज सकिएको हो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाताले मतदान गरेका थिए ।


    शुक्रवार, चैत्र २५ २०७८०३:२८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij