Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाईन्छ, के पाईदैन ? (पूर्णपाठ)

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाईन्छ, के पाईदैन ? (पूर्णपाठ)

  • शुक्रवार, चैत्र २५ २०७८

  • 1.2K
    SHARES

  • आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाईन्छ, के पाईदैन ? (पूर्णपाठ)

    काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबार(आज) मध्यरातदेखि आचारसंहिता लागू हुने जनाएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने औपचारिक जानकारी दिएका हुन् ।

    आउँदो वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो ।

    आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाएको छ ।

    आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत पाइँदैन । त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन ।

    आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन । उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३÷३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्नमात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।

    यस्तो छ पूर्णपाठ:

     


    शुक्रवार, चैत्र २५ २०७८०५:४७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij