Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर २२ जनामा कोरोना संक्रमण, ४६ जना निको

देशभर २२ जनामा कोरोना संक्रमण, ४६ जना निको

  • सोमवार, चैत्र २८ २०७८

  • 686
    SHARES

  • देशभर २२ जनामा कोरोना संक्रमण, ४६ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १४४ जनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ४६ जना निको भएका छन् भने भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    सोमबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७३३ पुगेको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।


    सोमवार, चैत्र २८ २०७८०४:१२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij