Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जना संक्रमणमुक्त

देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जना संक्रमणमुक्त

  • शुक्रवार, बैशाख ९ २०७९

  • 820
    SHARES

  • देशभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जना संक्रमणमुक्त

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३३ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५१८ जनाको एन्टीजेन परीक्षणमा ९ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८९३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् ।


    शुक्रवार, बैशाख ९ २०७९०६:५०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij