काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयनको दोस्रो दिन सोमबार १२ बजेसम्म १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार आइतबार दिनभर र सोमबार दिउँसो १२ बजेसम्म सबै प्रदेशमा गरी १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको हो ।
जसमध्ये मेयरको लागि सात सय ६८, उपमेयरको लागि तीन सय ८३, गाउँपालिका अध्यक्षको लागि ६ सय १४ जना, उपाध्यक्षको लागि तीन सय ३४ जना, वडा अध्यक्षको लागि चार हजार चार सय ३९ जना, महिला सदस्यको लागि दुई हजार पाँच सय ४१ जना, दलित महिला सदस्यको लागि दुई हजार ५९ जना र खुला सदस्यको लागि पाँच हजार चार सय ३० जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ता गराउने आज अन्तिम दिन हो ।