Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लवको अपिल

स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लवको अपिल

  • आइतवार, बैशाख १८ २०७९

  • 673
    SHARES

  • स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न विप्लवको अपिल

    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ । आइतबार(आज) नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् ।

    स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको बताउँदै सो पार्टीले वैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।

    अपिलमा भनिएको छ, ‘हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हालै हुन गैरहेको स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ । यही नीतिअनुसार २०७९ वैशाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनुभएका साथै अन्य कयौं स्थानमा अन्य चिन्ह जस्तो कि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौं ।’

    आफ्नो पार्टीले समर्थन गरेका कुनै पनि स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताका विरुद्ध हुने कार्य गरेको देखिएमा, पुराना संसद्‌वादी दलका व्यक्तिहरूले गरेको जस्तो भ्रष्टाचार एवं अनियमितता थोरै मात्र देखिएमा, आफ्नो पदलाई निजी स्वार्थका लागि प्रयोग गरेको देखिएमा साथै श्रमिक जनताको क्रान्तिकारी आन्दोलनलाई हानी पुग्ने कार्य गरेमा पार्टीले आफ्नो समर्थन फिर्ता लिने उनले उल्लेख गरेका छन्।

    यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।

    यस्तो छ नेकपाको अपिल : 

    biplab_5rv5hrEozn.jpg


    आइतवार, बैशाख १८ २०७९१२:२२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij