काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपाली गठबन्धनका उम्मेदवार रेनु दाहाललाई नै विजयी गराउन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
चितवनको भरतपुरमा बिहीबार आयोजित गठबन्धनको संयुक्त जनसभामा सम्बोधन गर्दै देउवाले गठबन्धनको मर्म अनुसार अगाडि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । संविधान, लोकतन्त्रको रक्षा कबजका रुपमा गठबन्धन बनेको भन्दै देउवाले एकपटक सबैले सहयोग गर्नुपर्ने औँल्याउनु भएको छ ।
अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका उहाँले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताउनुभयो ।