Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

किन सधैँ चर्चामा रहन्छन् केजरीवाल ?

किन सधैँ चर्चामा रहन्छन् केजरीवाल ?

  • सोमवार, बैशाख २६ २०७९

  • 631
    SHARES

  • किन सधैँ चर्चामा रहन्छन् केजरीवाल ?

    काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भारतमा मात्र नभई विश्वभरी नै चर्चित छन् । विषेशगरि नेपालमा उनको लोकप्रियता अलि धेरै नै छ । उनको दिल्ली मोडलको चर्चा नेपालमा व्यापक हुने गर्दछ । आखिर के हो त दिल्ली मोडल ? किन पटक पटक नेपाली सञ्चार माध्यम र जनतामाझ केजरीवालको दिल्ली मोडलको चर्चा हुन्छ त ?

    अरविन्द केजरीवाल पहिलो पटक २०१३ मा दिल्ली प्रदेशका मुख्यमन्त्री बनेका थिए । उनी पहिलो पटक मुख्यमन्त्री हुँदा केवल ४९ दिनको अल्पमतको सरकार चलाएर राजीनामा दिएका थिए । उनी दोस्रो पटक २०१५ मा पुनः दिल्ली प्रदेशको मूख्यमन्त्रीमा निर्वाचित भए र २०२० मा तेस्रो पटक मूख्यमन्त्रीमा निर्वाचित भए । उनले आफ्नो कार्यकालमा थुप्रै जनमूखी काम गरेका छन् । विशेष गरि शिक्षा र स्वास्थ क्षेत्रमा गरेको कामको भारतमा मात्र नभई नेपालमा पनि निकै चर्चा हुने गर्दछ ।

    केजरीवाल दिल्लीको मूख्यमन्त्री हुनु भन्दा पहिला दिल्लीका सरकारी स्कुलको अवस्था निकै दयनीय थियो । केजरीवाल सरकारले सबैभन्दा पहिला सरकारी विद्यालयका भवनलाई मर्मत गर्ने र सेवा सुविधा सम्पन्न बनाउने काम गर्‍यो ।

    govt school.jpg

    जस्तै हरेक कक्षा कोठामा एसी, सीसीटीभी क्यामेरा, डिजिटल बोर्ड जडान । विद्यार्थीका लागि अत्याधुनिक डेस्क । यति मात्र नभई केही विद्यालयमा त स्विमिङ पूल र विश्व स्तरीय हक्की ग्राउण्ड, फुटबल ग्राउण्ड समेत बनाए । यस्तै धेरै सरकारी शिक्षकहरुलाई प्रशिक्षणका लागि विश्वका विभिन्न देशमा पठाउने काम पनि केजरीवालले गरे ।

    जसले गर्दा शिक्षकहरुमा क्षमतावृद्धि हुनुका साथै शिक्षकहरु उर्जावान पनि भए । यसको असर विद्यार्थीहरुमा पनि देखियो । दिल्लीका सरकारी विद्यालयहरुले निरन्तर ६ वर्षबाट प्राइभेट स्कूलहरुभन्दा राम्रो नतिजा दिन सफल भए । यो चमत्कार केवल केजरीवाल सरकारको पालामा मात्र सम्भव भयो ।

    यस्तै, केजरीवाल सरकारको अर्को उत्कृष्ट काम स्वास्थमा पनि रह्यो । उनले दिल्लीका अधिकांश ठाउँहरुमा मोहल्ला क्लिनिक बनाए । करिब करिब अहिले दिल्लीमा ४०० जति मोहल्ला क्लिनिक सञ्चालनमा छन् ।

    मोहल्ला क्लिनिकमा सम्पूर्ण टेस्ट र औषधि निःशुल्क वितरण हुन्छ । यस्तै, दिल्लीका विभिन्न ठाउँहरुमा ठूला–ठूला अत्याधुनिक सेवा सुविधा सम्पन्न अस्पताल बनाएका छन् ।delhi govt hospital.jpg

    अस्पतालमा पनि बिरामीको उपचार निःशुल्क हुनुका साथै औषधि पनि निःशुल्क वितरण हुन्छ । उनले अन्य क्षेत्रमा पनि थुप्रै राम्रो काम गरेका छन्, तर विषेशगरि शिक्षा र स्वास्थ मोडलको विश्वभरि नै चर्चा हुने गर्दछ ।

    एजेन्सीको सहयोगमा

     

     

     


    सोमवार, बैशाख २६ २०७९०२:१५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij