Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर एक सांसदद्वारा आत्महत्या

श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर एक सांसदद्वारा आत्महत्या

  • मंगलवार, बैशाख २७ २०७९

  • 615
    SHARES

  • श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर एक सांसदद्वारा आत्महत्या

    काठमाडौं । श्रीलंकामा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडपको क्रममा सत्ताधारी दलका एक जना सांसदले आत्महत्या गरेका छन् ।

    सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाए, पछि आफूले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । यो घटना राजधानी कोलम्बोको बाहिरी इलाकामा भएको हो ।

    समाचार एजेन्सीका अनुसार प्रहरीले अमरकीर्तिले निट्टामबुआमा उनको कार रोक्ने कोसिस गरेका दुई जनामाथि गोली चलाएका थिए । उनले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

    त्यसपछि आक्रोशित भिडबाट जोगिने प्रयासमा उनी नजिकको एक भवनमा लुकेका थिए । सो भिडले उनी लुकेको भवनलाई घेरा हाल्यो । त्यसपछि उनले आफैंलाई गोली हानेका थिए ।

    श्रीलंकामा सोमबार सरकार समर्थक र विरोधीबीच झडप हुँदा पाँच जनाको मृत्यु र १३८ जना घाइते भएका छन् । यहीबीचमा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।

    श्रीलंकामा आर्थिक संकट चुलिएपछि नागरिकको आक्रोश बढेको छ । अभावबाट गुज्रिरहेका उनीहरुले सरकारविरुद्ध दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन् ।


    मंगलवार, बैशाख २७ २०७९०८:२९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij