काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मतदाता कसैको दास नभएको बताएका छन् । सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा काँग्रेसले गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले मतदाता कसैको दास नभएको बताएका हुन् ।
हिजो सूर्यमा मतदान गर्ने, हसिया हतौडामा मतदान गर्ने सम्पूणर् जनतालाई यसपालि रुखमा मतदान गर्न थापाले अपिल समेत गरे । बाले सूर्यमा भोट हाले, बाजेले सूर्यमा भोट हाले भन्दैमा छोराछारीले पनि सूर्यमै भोट हाल्नुपर्छ भन्ने छैन् थापाले भने । यस्तै कुरा रुखमा पनि लागु हुने उनको भनाई थियो ।
मतदाताहरुले बा, बाजेले कुन पार्टीलाई मतदान गरे भन्दा पनि पार्टीहरुको भिजन, उद्देश्य र कार्यशैली हेरेर मतदान गर्न मतदाताहरुलाई थापाले आह्वान समेत गरे ।