काठमाडाैं । विश्वव्यापी बनेकाे काेराेना संक्रमणबाट शुक्रबारसम्म दुई करोड १० लाख ७४ हजार एक सय ९९ जना कोरोना संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार संक्रमितमध्ये हालसम्म विश्वभर एक करोड ३९ लाख २५ हजार ६ सय २५ जना निको भएका छन् ।
विश्वभर हाल ६३ लाख ९१ हजार ८० जना भने संक्रमित अवस्थामा उपचाररत छन् । संक्रमितमध्ये ६४ हजार पाँच सय ६ जनाको अवस्था गम्भीर रहेको डब्ल्युएचओले जनाएको छ ।
त्यसैगरी शुक्रबारसम्म कोरोना संक्रमणबाट सात लाख ५७ हजार चार सय ९५ जनाको मृत्यु भएको छ ।