Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

  • बिहिवार, बैशाख २९ २०७९

  • 527
    SHARES

  • आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

    काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटक–पटक राजनीतिक दलका नेता कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ। आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि हो ।

    मौन अवधिमा के गर्न हुने र के गर्न नहुने प्रावधान पनि आयोगले जारी गरिसकेको छ । तर, देशका पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले मौन अवधिमै आचारसंहिताविपरीतको गतिविधि गरे ।

    पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्ना पार्टी जनता समाजवादी पार्टी (जसपा)लाई सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि उक्त पार्टीका उम्मेदवारहरूलाई मत मागे । आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा मत माग्नु हुँदैन । नैतिक प्रश्न उठ्नेगरी भट्टराईले बुधबार मत मागेका हुन् ।

    उनी मात्र होइन, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक भिडियो सन्देश जारी गर्दै एमालेका उम्मेदवारहरूलाई मत मागे । एमालेका उनी उपमहासचिव पनि हुन् । उनलाई त आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।


    बिहिवार, बैशाख २९ २०७९०९:१५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij