Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, कांग्रेस बीपीका भण्डारी निर्वाचित

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, कांग्रेस बीपीका भण्डारी निर्वाचित

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, कांग्रेस बीपीका भण्डारी निर्वाचित

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

    कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् । डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस वीपीबाट जिल्लाभर उम्मेदवार बनाएको छ ।

    एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले देउवाको गृह वडामा नरेश भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

    देउवाको गृह पालिका गन्यापधुरा-१ मा पर्दछ । उक्त वडाबाट कांग्रेस बीपीबाट विजयी भण्डारीले ६७३ मत ल्याएका छन् । उनीसँग कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । चन्दले ५४४ मत ल्याएका थिए । कांग्रेस बीपीले करुवा चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।


    शनिवार, बैशाख ३१ २०७९०५:२३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij