काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै गृहनगर दमकमा महागठबन्धनले झट्का दिएको छ ।
यसभन्दा अघिको परिणाममा एमालेले अग्रता लिएता पनि भर्खरै सार्वजनिक मत परिणाम अनुसार महागठबन्धनले अग्रता लिएको छ ।
महागठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार राम थापाले २१८५ मतसहित अग्रता लिएका छन् ।
त्यस्तै, एमालेका उम्मेदवार गीता अधिकारीले २१३६ मतका साथ पछयाइरहेको अवस्था छ ।