काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिद्वन्द्वीलाई पछि पार्दै दोब्बर अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बालेनले ३ हजार ५ सय ३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ८ सय ५६ मत प्राप्त गरेका छन् ।
सर्वत्र चासोका रुपमा हेरिएको काठमाडौं महानगरमा बालेनले हालसम्म सुरुवाती अग्रता कायम राखेका छन् ।