काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मगाउँ आठराई गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् ।
पाहिमले ४ हजार ६ सय ९९ मत पाएका छन् । यहाँ नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् । पाहिमले थपलियालाई ६ सय ९१ मत मतान्तरले जितेका हुन् ।
उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी सत्ता गठबन्धनकै नेकपा माओवादीका बलिराज ईङनाम विजयी भएका छन् ।
निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार रुपादेवी कन्दङवालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन् । कन्दङवाले ४ हजार ७० मत प्राप्त गरिन् ।