Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मोदी भ्रमण : नेपाल–भारतबीच ६ सम्झौतामा हस्ताक्षर

मोदी भ्रमण : नेपाल–भारतबीच ६ सम्झौतामा हस्ताक्षर

  • सोमवार, जेठ २ २०७९

  • 1.2K
    SHARES

  • मोदी भ्रमण : नेपाल–भारतबीच ६ सम्झौतामा हस्ताक्षर

    काठमाडौं – बुद्धभूमि लुम्बिनी भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ ।

    भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्य अनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो ।

    नेपाल भारतबीच भएका सम्झौताहरू

    १. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

    २. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

    ३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता

    ४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता

    ५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने

    ६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता


    सोमवार, जेठ २ २०७९०३:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij