Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निरन्तर अघि बढ्दैं बालेन, कटाए ९ हजार मत

निरन्तर अघि बढ्दैं बालेन, कटाए ९ हजार मत

  • मंगलवार, जेठ ३ २०७९

  • 621
    SHARES

  • निरन्तर अघि बढ्दैं बालेन,  कटाए ९ हजार मत

    काठमाडौं । बालेन्द्र शाह उर्फ बालेनले ९ हजार मत कटाएका छन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले लगातार मत बढाएका हुन् ।

    पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत पाएका छन् । उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन् । एमालेका केशव स्थापितले चार हजार ९४८ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार १९३ मत पाएकी छन् ।

    मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन् । अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ ।

     


    मंगलवार, जेठ ३ २०७९०५:४७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij