Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार पछि, राप्रपाको लिड

ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार पछि, राप्रपाको लिड

  • बुधवार, जेठ ४ २०७९

  • 887
    SHARES

  • ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवार पछि, राप्रपाको लिड

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमालेका उम्मेदवार पछि परेका छन् ।

    एमालेबाट नगरको मेयरका उम्मेदवार गीता अधिकारी पौडेल १५ मतले पछि परेकी हुन् ।

    उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।

    थापाले १० हजार ६४ मत ल्याएका छन् भने अधिकारीले १० हजार ४९ मत ल्याएका छन् ।

    उपमेयरतर्फ एमाले उम्मेदवार अम्बिकाप्रसाद खनाल अगाडि छन् । उनले ९ हजार ८७४ मत ल्याउँदा सत्ता गठबन्धनकी रेगिना भट्टराईले ९ हजार ७२७ मत ल्याएकी छन् ।


    बुधवार, जेठ ४ २०७९११:०१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij