Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोलकत्ता र लखनउ भिड्दै

कोलकत्ता र लखनउ भिड्दै

  • बुधवार, जेठ ४ २०७९

  • 554
    SHARES

  • कोलकत्ता र लखनउ भिड्दै

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।

    मुम्बईमा हुने खेलमा कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७स्४५ बजे सुरु हुनेछ।

    कोलकत्ता आज जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।

    कोलकत्ता १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    लखनउ पनि कोलकत्तालाई हराएर प्ले अफ नजिक पुग्न चाहन्छ ।

    लखनउ १३ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    कोलकत्तालाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा समेत रहेको छ ।

    यस अघिको भेटमा लखनउले कोलकत्तालाई हराएको थियो ।

    पुनेमा भएको खेलमा लखनउले कोलकत्तालाई ७५ रनले हराएको थियो ।


    बुधवार, जेठ ४ २०७९०२:१८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij