Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल : बैंगलोरको प्लेअफमा पुग्ने सम्भावना कायम

आईपीएल : बैंगलोरको प्लेअफमा पुग्ने सम्भावना कायम

  • शुक्रवार, जेठ ६ २०७९

  • 794
    SHARES

  • आईपीएल : बैंगलोरको प्लेअफमा पुग्ने सम्भावना कायम

    काठमाडौं । गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफको सम्भावना कायम राखेको छ ।

    बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए ।

    यस अघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो । गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन बनाए । बैंगलोरका जोश हाजलउडले २ विकेट लिए ।

    जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ । शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक छ । जारी लिगमा गुजरात र लखनउ सुपर जायन्ट प्लेअफमा स्थान बनाइसकेका छन् ।


    शुक्रवार, जेठ ६ २०७९०६:४४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij