Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अस्ट्रेलियामा आमनिर्वाचन, मोरिसन र अल्बानीजबीच प्रतिस्पर्धा

अस्ट्रेलियामा आमनिर्वाचन, मोरिसन र अल्बानीजबीच प्रतिस्पर्धा

  • शनिवार, जेठ ७ २०७९

  • 505
    SHARES

  • अस्ट्रेलियामा आमनिर्वाचन, मोरिसन र अल्बानीजबीच प्रतिस्पर्धा

    एजेन्सी । अस्ट्रेलियामा आमनिर्वाचन भइरहेको छ । लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएका छन् ।

    प्रधानमन्त्री मोरिसनले लिबरल–नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदाताहरूलाई आग्रह गरिरहेका छन् । निर्वाचनका लागि १ करोड ७० लाखभन्दा बढी मतदाता छन् ।

    अस्ट्रेलियाको निर्वाचन आयोगका अनुसार ७० लाखभन्दा धेरै मतदाताले प्रारम्भिक र हुलाकमार्फत मत हालिसकेका छन् । सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए ।

    गठबन्धनको संसदमा ७६ सिट छ । निर्वाचनमा गठबन्धन र लेबर पार्टीबीच मुख्य प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ ।


    शनिवार, जेठ ७ २०७९०९:४७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij