Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थाइल्याण्डमा सरकारविरुद्ध विशाल प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

थाइल्याण्डमा सरकारविरुद्ध विशाल प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

  • सोमवार, भाद्र १ २०७७

  • 1.3K
    SHARES

  • थाइल्याण्डमा सरकारविरुद्ध विशाल प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

    एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा हजारौँ नागरिकले सरकारविरुद्ध विशाल प्रर्दशन गरेका छन् । उनीहरुले थाइ सरकारको वहिर्गमनको माग गर्दै प्रर्दशन गरेका हुन् । राजधानी बैंककमा जम्मा भएका हजारौँ नागरिकले प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा मागेका छन् ।

    उनीहरुले विपक्षी दलहरुमाथि भएको दमनको अन्त्य गर्न र नयाँ तथा प्रजातान्त्रिक संविधान ल्याउनका लागि वर्तमान प्रधानमन्त्री ओचाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । त्यहाँका विपक्षीहरुले पूर्व सैनिक शासक समेत रहेका ओचाको राजीनामा विगत लामो समयदेखि नै माग्दै आएका छन् ।

    उनी गत वर्षको विवादास्पद निर्वाचन जितेर सत्तामा आएका थिए । थाइल्याण्डमा कम्तीमा पनि २० हजार जना थाई नागरिक सरकार विरोधी प्रदर्शनमा सहभागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


    सोमवार, भाद्र १ २०७७०३:०६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij