पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं.१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका कपिल खाण विजयी भए ।
वडा अध्यक्षका लागि कांग्रेस र एमाले फरक–फरक पार्टीबाट सहोदर दाई भाई नै प्रतिस्पर्धामा थिए । दाईलाई हराउदै भाई वडाध्यक्ष बने ।
अन्तिम मत परिणाम सार्वजनिक भएर आफुले वडा अध्यक्षमा जित हासिल गरेको पत्तो पाउने वित्तिकै भाई कपिल खाणले पराजित दाईलाई भेटेर खुट्टा ढोग्दै आशीवार्द लिए । जसले संस्कार र संस्कृतिको विकास प्रष्ट देखिएको छ ।