Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अन्तत : अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता

अन्तत : अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता

  • सोमवार, जेठ ९ २०७९

  • 330
    SHARES

  • अन्तत : अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता

    एजेन्सी । अफगानिस्तानका तालिबानहरुले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ ।

    तर आइतवार, तालिवानको दुर्गण तथा सद्गुण मन्त्रालयले उक्त आदेश लागू गर्न थालेपछि धेरैजसो महिला एंकरहरूले अनुहार छोप्न थालेका छन् । सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई ‘अन्तिम र गैर वार्ता गर्न नसकिने’ घोषणा गरेको थियो ।

    अफगानिस्तानको टोलोन्युजका टिभी एंकर सोनिया नियाजीले भनिन्, ‘हामीलाई मास्क लगाउन बाध्य पारिएको एउटा बाहिरी संस्कृति मात्रै हो र यसले हाम्रा कार्यक्रमहरू प्रस्तुत गर्दा समस्या सिर्जना गर्न सक्छ ।’

    अल जजीराका अनुसार पहिलो पटक अनुहार ढाकेर कार्यक्रम प्रस्तुत गर्दा आफूलाई ‘राम्रो महसुस नभएको’ नियाजीले बताइन् । ‘यो आदेश सबै महिला प्रस्तुतकर्ताहरूको लागि अप्रत्याशित छ, किनभने इस्लामले हामीलाई हाम्रो अनुहार छोप्न आदेश दिएको छैन’, नियाजीले भनिन्, ‘हरेक इस्लामिक विद्वान र राजनीतिक व्यक्तित्वले यस आदेशको विरोध गरेका छन् ।’

     


    सोमवार, जेठ ९ २०७९१०:४६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij