काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५१ हजार मत कटाएका छन् । आधिकारिक ताजा मत परिणामअनुसार साहले ५१ हजार ६४९ मत प्राप्त गरेका हुन् ।
निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलका अनुसार कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३२ हजार ४४६ मत पाएकी छन् भने एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३१ हजार ८८२ मत पाएका छन् ।