Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अमेरिकाको टेक्सास राज्यमा बन्धुकधारीको आक्रमण, १८ जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा बन्धुकधारीको आक्रमण, १८ जनाको मृत्यु

  • बुधवार, जेठ ११ २०७९

  • 396
    SHARES

  • अमेरिकाको टेक्सास राज्यमा बन्धुकधारीको आक्रमण,  १८ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा एक विद्यालयमा भएको बन्दुक आक्रमणमा १४ जना बालबालिकासहित १८ जनाको ज्यान गएको छ।

    युभाल्ड़ीस्थित रोब प्राथमिक विद्यालयमा उक्त आक्रमण भएको हो। विद्यालयमा दुईदेखि चार कक्षासम्मको पढाइ हुन्छ। यसैबीच आक्रमणकारी १८ वर्षिय साल्भाडोर रामोस पनि मारिएको जनाइएको छ।

    बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नु अघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ। तर, उनी भने बाँच्न सफल भएकी छिन्।

    यसैबीच यस घटनालाई लिएर अमेरिकामा तिब्र रोष प्रकट गरिएको छ। सिनेटमा कनेक्टिकटका सिनेटर क्रिस मर्फीले रोषपूर्वक प्रश्न गरे।

    केही वर्षयता अमेरिकी विद्यालय मास सुटिङको निशाना बन्दै आएको छ। यस वर्ष मात्र २७ यस्ता घटना विद्यालयमा भैसकेका छन्।

     


    बुधवार, जेठ ११ २०७९०६:५७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij