Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीति कार्यान्वयनको लागि राष्ट्र बैंकले अधिकतम प्रयास गर्छ: गभर्नर अधिकारी

मौद्रिक नीति कार्यान्वयनको लागि राष्ट्र बैंकले अधिकतम प्रयास गर्छ: गभर्नर अधिकारी

  • सोमवार, भाद्र १ २०७७

  • 1.0K
    SHARES

  • मौद्रिक नीति कार्यान्वयनको लागि राष्ट्र बैंकले अधिकतम प्रयास गर्छ:  गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले कोराना महामारीको कारण संकटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले सहयोग गर्ने बताउनु भएको छ । सकेसम्म सबै व्यवसायिक क्षेत्रलाई राहत पुग्ने गरी मौद्रिक नीति आएकोले यसबाट सबै क्षेत्र लाभान्वित हुने उहाँले बताउनु भयो ।

    नेपाली रेडियो नेटवर्कको अर्थ सम्वाद कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले उद्यम व्यवसाय पुनरुत्थानका लागि चालू पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको विशेष व्यवस्थाले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने गर्ने बताउनु भयो ।

    कोभिडको महामारीबाट समस्यामा परेको अर्थतन्त्रको पुनर्रुत्थानको लागि राष्ट्र बैकले सक्दो प्रयास गरेको उल्लेख गर्दै गभर्नर अधिकारीले यो समस्याबाट बाहिर निस्कन सबैको साझा प्रयास आवश्यक भएको धारणा राख्नुभयो ।

    गभर्नर अधिकारीले कोरोना कहिले टुङिने भन्ने कुनै निश्चिित नभएकोले सबैले सुरक्षित ढंगले काम गर्दै यसको प्रभावबाट अवतरण गर्दै जानुको विकल्न नभएको बताउनु भयो ।

    बाह्य प्रभाव तथा प्रतिकुल प्राकृतिक समस्याका बीचमा मौद्रिक नीति आएको बताउँदै उहाँले यसको कार्यान्वयनको लागि राष्ट्र बैंकले अधिकतम प्रयास गर्ने बताउनु भयो ।

    अन्तरर्वार्ताको थप विवरण तलको लिंकमा हेर्न सक्नुहुनेछ ।

     

    https://www.facebook.com/watch/live/?v=821485261989261

     

     

     

     

     


    सोमवार, भाद्र १ २०७७०८:१३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij