Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको निर्देशन : नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुनुस्

ओलीको निर्देशन : नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुनुस्

  • बुधवार, जेठ ११ २०७९

  • 463
    SHARES

  • ओलीको निर्देशन : नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुनुस्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिएका छन् ।  आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् । 

    ‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विश्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भने, ‘उहाँले संसद्मा सशक्त रुपमा पेश हुन आग्रह गर्नु भएको छ ।’ 

    बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र  परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गरेका थिए । 

    संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए ।  बैठकमा निर्वाचनको विषयमा गम्भिर छलफल नभएको नेता रावलले बताए । 


    बुधवार, जेठ ११ २०७९०५:३७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij