Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बलात्कारका घटनामा रहेको हदम्याद हटाउन सरकार तत्पर : प्रधानमन्त्री

बलात्कारका घटनामा रहेको हदम्याद हटाउन सरकार तत्पर : प्रधानमन्त्री

  • बुधवार, जेठ ११ २०७९

  • 475
    SHARES

  • बलात्कारका घटनामा रहेको हदम्याद हटाउन सरकार तत्पर : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी घटनामा रहेको हदम्याद हटाउन सरकार तत्पर रहेको बताएका छन् । 

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार पार्टीका नेताहरूसँग बलात्कारका घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका हुन्। 

    स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महँगी बढेको तथा सामाजिक अपराधका घटनामा न्याय निरुपण जटिल बनेको भन्दै ध्यानाकर्षण गराउन पुगेको नेताहरूको टोलीसँग देउवाले हदम्याद तत्काल हटाउने प्रतिवद्धता जनाएको सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले जानकारी दिइन्। 

    प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले स्थानीय तह निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको गुनासो गरिन्। 

    उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट महिलाको सम्मानजनक उपस्थिति गराउन पनि आग्रह गरिन्। 

    जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहमा महिलाको उपस्थिति कम भएको स्वीकार गर्दै यसका बारेमा पछि सल्लाह गर्ने प्रतिवद्धता जनाएको पनि सहमहामन्त्री उपाध्यायले जानकारी दिइन्।


    बुधवार, जेठ ११ २०७९०६:१५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij