काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले भाद्र १५ गतेसम्मको अवस्था हेरेर मात्र उड्डयन तथा पर्यटन क्षेत्र खुल्ने नखुल्ने विषयमा निर्णय हुने बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्ककको अर्थसम्वाद कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराइले सरकारले साउन १५ बाट होटल रेस्टुरेण्ट तथा भाद्र १ गतेबाट उडान खोल्ने निर्णय गरेपनि पछिल्लो समय कोरोना संक्रमण बढेकाले पूर्व निर्णय स्थगित गर्नुपरेको बताउनुभयो ।
कोरोनाको कारण सबैभन्दा बढि पर्यटन क्षेत्र प्रभावित भएको र यसबाट कसरी बाहिर आउने भन्ने विषयमा सरकार गम्भिर भएपनि यो नेपालको मात्र समस्या नभई विश्वव्यापी समस्या भएकाले संवेदनशलि भएरै अगाडि बढ्नु पर्ने अवस्था रहेको उहाँको भनाई छ ।
मन्त्री भट्टराइले कोरानाको समस्याकै बीचमा पनि कसरी पर्यटन प्रर्वद्धन गर्न सकिन्छ भनेर मन्त्रालयले गृहकार्य गरिरहको भन्दै यसका लागि सबै सरोकारवालाहरुको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
मन्त्री भट्टराईले अवस्था हेरेर आन्तरिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा पर्यटन प्रर्वद्धनका कार्यक्रम अगाडि ल्याउने बताउनुभयो ।
मन्त्री भट्टराईसँग गरिएको विस्तृत कुराकानी तलको लिंकमा सुन्न सक्नु हुनेछ । https://www.facebook.com/radionrn/videos/300578781046173