Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद 

काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद 

  • बिहिवार, जेठ १२ २०७९

  • 446
    SHARES

  • काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद 

    एजेन्सी । भारतको एक अदालतले काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतङ्कवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीय मलिकलाई जन्मकैदको सजाय सुनाएको हो । 

    उनीमाथि आतङ्कवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको तथा आर्थिक सहयोग गरेको अभियोग लागेको छ । 

    मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको अदालतलाई बताए । उनलाई गत हप्ता दोषी ठहर गरिएको थियो । मुस्लिम बाहुल्य कश्मीरमा सन् १९८९ मा भारतको शासनविरुद्ध सशस्त्र विद्रोह सुरु भएयता दसौं हजार मानिस मारिएका छन् । 
     


    बिहिवार, जेठ १२ २०७९०६:०१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij